काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’, घनश्याम भुसाल र जनार्दन शर्माले एकताबद्ध रूपमा अघि बढ्ने घोषणा गरेका छन्। संयुक्त प्रेस वक्तव्य जारी गर्दै उनीहरूले ऐतिहासिक पहलकदमीका लागि सहकार्य र एकता आवश्यक भएको उल्लेख गर्दै भनेका छन्,
“हामी त्यस्तो ऐतिहासिक पहलकदमीका लागि सहकार्य गर्दै एकताबद्ध भएर अगाडि बढ्न संकल्पबद्ध भएका छौँ।”
विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल, भुसाल संलग्न एकीकृत समाजवादी तथा जनार्दन शर्मा रहेको माओवादी पृष्ठभूमिका नेताहरूले सबै प्रतिबद्ध कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा देशभक्त शक्तिसँग संवाद र सहकार्यका लागि आह्वान समेत गरेका छन्।
यसअघि यी तीनै जना समेटेर बन्नेगरी प्रस्ताव गरिएको नेपाली कम्युनिस्ट पार्टीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र माधवकुमार नेपाल सह–संयोजक बन्ने सहमति थियो। तर उक्त ढाँचा स्वीकार नगरी उनीहरू पार्टी एकताबाट बाहिरिएका थिए।
शुक्रबार जारी संयुक्त वक्तव्यमार्फत विप्लव, भुसाल र शर्माले नयाँ राजनीतिक विकल्प निर्माणका लागि एक भएर अघि बढ्ने स्पष्ट संकेत दिएका छन्।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।




