काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत पाउनुभएको छ । उहाँले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव सभामुखले मत विभाजनपछि निणयार्थ प्रस्तुत गर्दा ६७ सांसदको विश्वासको मत पाउनुभएको हो ।
१ सय ७ प्रदेश सांसद रहेको मधेश प्रदेशसभामा मुख्यमन्त्री सिंहलाई विश्वासको मतका लागि ५४ जनाको समर्थन आवश्यक पर्छ तर मुख्यमन्त्रीले त्यो भन्दा बढी अर्थात् ६७ सांसदको मत पाउनुभएको हो । उहाँको विपक्षमा ३४ मत परेको हो । बैठकमा १०१ जना सांसद उपस्थित थिए ।
मधेस प्रदेशसभामा एमालेका सभामुखबाहेक २४, कांग्रेसका २२, जनमतका १३ र लोसपाका ९, जसपाका १९, माओवादीका ९ र नेकपा एकीकृत समाजवादीका ७ सांसद छन् । त्यस्तै राप्रपा, नागरिक उन्मुक्ति र संघीय समाजवादीका १/१ सांसद छन् ।
लोसपाको ९ सांसद भए पनि एक जना सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।