काठमाडौं । धितोपत्र बजारमा आज अर्को कीर्तिमान कायम भएको छ। कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेको हो। आज झण्डै रु ३० अर्ब बराबरको कारोबार भएको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४३ दशमलव शून्य पाँच अङ्कले उकालो लागेर तीन हजार दशमलव ८१ मा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६ दशमलव शून्य एक अङ्कले उकालो लागेर पाँच सय ३५ दशमलव ५१ मा पुगेको छ। कुल ६ करोड ८९ लाख ८० हजार तीन सय ४६ कित्ता शेयर रु २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार दुई सय १६ मूल्यमा कारोबार भयो।





