काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले देशको राजनीति पेचिलो अवस्थामा रहेको बताउनुभएको छ ।
आज आइतवार काठमाडौंमा आयाजित एक कार्यक्रममा बोल्दै उहाँले देशको राजस्वले चालू खर्च नधान्ने भइसकेको बताउनुभयो । उहाँले एक अर्ब राजस्व उठ्दा दिनमा दुई अर्ब खर्च हुने गरेको बताउनुभयो ।
उहाँले लिएको ऋणको सावाँ ब्याज तिर्न नसक्ने र तिर्दा पनि पुँजीगत खर्चभन्दा बढी आकार भएको अवस्था विद्यमान रहेको बताउनुभयो । उहाँले राजनीति, शैक्षिक क्षेत्र, निजी क्षेत्रमा भएका विकृति र विसंगतिको अन्त्य गर्नुपर्ने बताउनुभयो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।