काठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुने भएको छ । भारतस्थित नेपाली दूतावास स्रोतका अनुसार दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता तय भएको भएको छ ।
आज साँझ राणा र मोदीबीच भेटवार्ता हुनेछ । भेटवार्तामा मन्त्री डा। राणाले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्तो हस्तान्तरण गर्नुहुने छ ।
मन्त्री राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगानालगायत सहभागी छन् । आज नै डा।राणाले भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्नुहुने भएको छ ।
भारतीय विदेश मन्त्री जयशंकरको निमन्त्रणामा उहाँ आइतबार भारत भ्रमणमा जानुभएको हो । भारत भ्रमणका क्रममा उहाँले भारतीय विदेशमन्त्री जयशंकरसँग द्विपक्षीय वार्ता गर्नुहुने छ । दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । डा। राणाले भ्रमणका क्रममा स्वास्थ्य उपचार पनि गर्नुहुने छ ।
यो परराष्ट्र मन्त्रीको भ्रमण नेपाल र भारतबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको हो । परराष्ट्रमन्त्री राणा ६ गते स्वदेश फर्किनु हुने छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।