एजेन्सी । दक्षिणी अफ्रिकाका ६ करोड ८० लाख मानिस खडेरीको चपेटामा परेका छन् ।
पानी निकै कम पार्ने र तापक्रम बढाउने मौसमी प्रणाली ‘एल निनो’ का कारण ६ करोड ८० लाख मानिस खडेरीको मारमा परेको जनाइएको छ । खडेरीकै कारण खाद्यान्नको अभाव हुँदा करौडौं मानिस भोकमरीको शिकार हुने आकंलन गरिएको छ । यसको असरले अर्थतन्त्रमा व्यापक क्षति पुर्याएको छ ।
यही वर्षको शुरूआतदेखि खडेरीले बाली तथा पशुपालनमा असर पारेको छ । अहिले दक्षिणी अफ्रिकामा वर्षाैँपछिको सबैभन्दा खराब खडेरी परिरहेको छ । जिम्बाबे, जाम्बिया र मलावी लगायतका देशहरूले भोकमरीको संकटलाई विपत्तिको अवस्था घोषणा गरिसकेका छन् भने लेसोथो र नामिबियाले मानवीय सहयोगका लागि आह्वान गरेका छन् ।
खडेरीको प्रभाव कम गर्न ती देशहरूले गत मे महिनामा साढे पाँच अर्ब डलर सहायताको अपिल गरेकोमा सहायता रकम उपलब्ध नहुँदा तिनीहरु थप मारमा परेका हुन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।