काठमाडौं । सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) प्रमाणित गर्नुभएको छ । संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएपछि विधेयक सभामुख घिमिरेबाट आज प्रमाणित भएको सभामुखका प्रेशविज्ञ शेखर अधिकारीले जानकारी दिनुभयो।
सभामुखबाट प्रमाणित भएको उक्त विधेयक प्रमाणीकरणका लागि अब राष्ट्रपतिकहाँ पठाइनेछ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको रूप लिनेछ।





