काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पेरिस पारालिम्पिक्समा पदक जितेकी पलेशा गोवर्धनलाई नगर परिक्रमा गराएको छ । पारालिम्पिक्समा पलेशाले नेपालका लागि ऐतिहासिक पदक जितेको भन्दै उनको सम्मानमा नगर परिक्रमा गरिएको हो ।
परिक्रमा एअरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राखेपको प्राङ्गणमा पुगेर टुङ्गिएको छ ।
पारा तेक्वान्दो खेलाडी पलेशाले के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई हराउँदै कांस्य पदक जितेकी थिइन् । पलेशाले नेपालका लागि पहिलोपटक ओलम्पिकमा आधिकारिक पदक दिलाएकी हुन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।