काठमाण्डाै – एन्फा महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले सङ्कटा क्लबलाई हराएको छ ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा आर्मीले सङ्कटालाई ४–० गोलले हरायो । आर्मीका लागि विमला चौधरीले दुई तथा सावित्रीदेवी मगर र अनिता लम्जेलले समान एक गोल गरिन् ।
प्रतियोगितामा भोलि पहिलो खेलमा बाग्मती युथ क्लब र कोशी प्रदेश तथा दोस्रो खेलमा स्याङ्जाको वालिङ नगरपालिका र कर्णाली प्रदेश खेल्दैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना भएको लिगमा १० वटा टोली सहभागी छन् ।





