काठमाडौं । शेयर बजारमा मंगलबार पनि उच्च अंकको गिरावट भएको छ ।
विहान केही बेर बढेर घट्न शुरु गरेको बजार करिब ५९ अंकले घटेपछि नेप्से परिसूचक २४७० मा झरेको छ ।
मंगलबार ३०९ वटा स्टकको एक करोड ५५ लाख कित्ता शेयर ५ अर्ब ६८ करोड ९५ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको छ । नेप्सेमा रहेका १३ वटै उपसमूह राताम्य हुँदा वित्त उपसमूह सर्वाधिक ४ दशमलव ६ र विकास बैंक उपसमूह ३ प्रतिशत बढीले घटेका छन् ।
२३३ वटा कम्पनीको शेयर मूल्य घट्दा १० वटाको मूल्य बढेको छ भने एउटा कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । स्वरोजगार लघुवित्तको शेयर मूल्य सर्वाधिक ८ दशमलव ८१ प्रतिशतले बढेको छ भने हिमालयन हाइड्रको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमको आधारमा मंगलबार एनएलजी इन्स्योरेन्सको सर्वाधिक १८ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।