काठमाडौँ । धादिङ र काठमाण्डौंको सिमानामा पर्ने त्रिभुवन राजपथको झ्याप्ले खोलामा अवरुद्ध भएको सडक सुचारु भएको छ । पहिरोले पुरिएका चार सवारी साधनबाट शनिबार र आइतबार गरि ३५ शव निकालेपछि अब सुरक्षाकर्मीले सडक खुलाएका हुन् ।
योसँगै काठमाडौँ-मुग्लिङ सडक खण्ड सुचारु भएको छ । अहिले पहिरोका कारण सडक अवरुद्ध नरहेको प्रहरीले जानकारी दिएको छ ।
झ्याप्ले खोलाको पहिरोमा बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको लु १ ज ४५७८ नम्बरको विंगर, चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख १३४५ नम्बरको हायस, गोरखाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ४ ख २२७० नम्बरको बस तथा बा १ प १३८८ नम्बरको बस पुरिएका थिए ।
पहिरोमा पुरिएको बस तथा शव नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले निकालेको हो । र यो क्रम जारी रहने प्रहरीले जनाएको छ ।
चापलाई ध्यानमा राख्दै शनिबार विहानदेखि सुरूङमार्गबाट सवारी साधन काठमाडौं पठाइएको थियो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।