काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पूर्वनिर्धारित अन्तर्वार्ता स्थगित भएको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति रहेको र उहाँ अस्वस्थ्य हुनुभएकाले अर्को सूचना प्रकाशित नहुँदासम्म अन्तर्वार्ता स्थगित गरिएको सिफारिस समितिले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदकमध्ये सर्टलिस्ट सूचीमा समावेश भएका पाँचमध्ये तीन जना आवेदकले आज व्यावसायिक कार्ययोजनाको प्रस्तुति र अन्तर्वार्ता दिने कार्यक्रम थियो ।
यसअघि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुति दिन अनुपस्थित भएपछि सार्वजनिक सूचनामार्फत् तीन जना उम्मेदवारलाई बोलाइएको थियो । तर, सिफारिस समितिका संयोजक डा.अधिकारी बिरामी भएपछि अन्तर्वार्ता स्थगित भएको अर्थ मन्त्रालयले जनाएको छ ।
तीन उम्मेदवार बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जिवि चापागाईं तथा नेप्सेका सीईओ कृष्णबहादुर कार्कीले आज अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गर्ने कार्यक्रम थियो । धितोपत्र बोर्ड २०८० पुस २० गतेपछि कार्यकारी अध्यक्षविहीन छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।