काठमाण्डाै – दशैँको टीकाको दिन पनि केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आउँदो शनिवा अर्थात् टीकाको दिन पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ ।
विभागका अनुसार हिजो आइतवारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन यही हप्ता देशभरबाट बाहिरिने सम्भावना छ । महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले यो हप्ताभित्रमा मनसुन बाहिरिने र विगतमा पनि मनसुन बाहिरएपछि हल्कादेखि मध्यम वर्षा हुने गरेको बताउनुभयो ।
यसपटक मनसुन बाहिरिने समय र दशैँ एकैपटक परेको छ, मनसुन बाहिरिँदा पश्चिमी वायु र स्थानीय वायु प्रभावका कारण हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।