काठमाण्डौं, २६ मंसिर २०८१ । नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष भएपछि स्वत अध्यक्ष हुन पाउने व्यवस्था हटेको छ। हाल वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठपछि अध्यक्ष हुन चाहने व्यक्ति प्रत्यक्ष निर्वाचित भएर आउनु पर्नेभएको हो। महासंघको मंगलबार बसेको विशेष साधरणसभाले ६ वटा संशोधन गरेको छ। जसमा अध्यक्षको कार्यकाल दुई वर्ष, एक जना वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पाँच जना जना हुने व्यवस्था गरेको छ।
हाल उपाध्यक्ष रहेका हेमराज ढकाल, ज्योत्सना श्रेष्ठले अझै दुई{ कार्यकालपछि मात्रै प्रत्यक्षमा निर्वाचन गर्नुपर्ने माग गरेका थिए। तर साधरणसभामा उपस्थित अधिकांश सदस्यले अञ्जन श्रेष्ठपछि नै प्रत्यक्ष निर्वाचन माग गरेकाले त्यसलाई सर्वसम्मत रुपमा पारित गरिएको हो। महासंघले अहिले मुख्यतय तीन वटा विषयमा विधान संशोधन गरेको छ। संशोधित विधान अनुसार अध्यक्षको निर्वाचन प्रत्यक्ष हुने भएको छ। हाल वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने व्यवस्था रहेको थियो। अहिलेका वरिष्ठ उपाध्यक्ष साविकको विधानको व्यवस्था अनुसार स्वत: अध्यक्ष बनेपछि अध्यक्षमा पनि प्रत्यक्ष निर्वाचन हुने भएको हो।
महासंघ अध्यक्षमा अस्वच्छ प्रतिस्पर्धा भएको भन्दै पशुपति मुरारका अध्यक्ष भएको कार्यकालपछि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था गरिएको थियो। त्यसपछि वरिष्ठ उपाध्यक्ष बनेका भवानी राणा, शेखर गोल्छा र चन्द्र ढकाल स्वतः अध्यक्ष बनेका हुन्। तर, भवानी राणा अध्यक्ष बनेसँगै पुन: प्रत्यक्ष निर्वाचित अध्यक्ष हुने पर्ने माग गरिएको थियो। यसका लागि राणाका कार्यकालबाट पटक पटक साधरण सभा तथा विशेष साधरण सभामा यो विषय उठाइएको थियो। यही विधान संशोधनको विषयलाई लिएर महासंघ भित्र विवाद समेत बढेको थियो। अब भने हालका वरिष्ठ उपाध्यक्ष पनि स्वतः अध्यक्ष बन्नेछन्। त्यसपछि भने निर्वाचन हुनेछ।
त्यस्तै महासंघ जिल्ला नगर उपाध्यक्ष अब दुई जना हुने भएका छन्। अहिलेको विधानको व्यवस्था अनुसार एक जना जिल्ला अध्यक्ष रहने व्यवस्था थियो।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।