चितवन २७ माघ २०८१ । नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस माघ २७ गते आईतबार बिहान साढे ४ बजे दुर्घटना भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खस्दा २४ जना घाइते भएका हुन् ।
बस बिहान ४ बजेर ४० मिनेटमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। बसमा २८ जना सवार थिए ।





