काठमाण्डौं,१६ फागुन २०८१ । शुक्रबार राति सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्पको ठूलो धक्का काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा महसुस भएको छ।
शुक्रबार राति दुई बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए।
काठमाडौँमा भूकम्पको ठूलो धक्का महसुस भएपछि सर्वसाधारण त्रसित भएका छन्। रातिको निन्द्रामा रहेका मानिस भूकम्पको धक्काले उठेर सडकमा निस्किएका थिए।





