काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास लडाकु समूहको नियन्त्रणमा रहेका विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन नसकेको बताउनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को ५८औं उच्चस्तरीय सत्रमा भाग लिई आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री राणाले कञ्चनपुरका जोशीको यथार्थ जानकारी प्राप्त हुन नसके पनि रिहाइका लागि भने पहल भइरहेको बताउनुभयो । त्यस्तै उहाँले उच्चस्तरीय सत्रमा नेपाललाई मानव अधिकार परिषद्को सदस्यमा मत दिन आग्रह गरिएको जानकारी दिनुभयो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
