काठमाडौँ । सरकारको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम बैशाख १९ गते ल्याउने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले संसदीय दलको बैठकमा सरकारले बैशाख १९ गते नीति तथा कार्यक्रम ल्याउने जानकारी दिएका हुन् ।
प्रधानमन्त्री ओलीले सरकारले सन्तुलित र सम्भव हुने खालको नीति तथा कार्यक्रम ल्याएर सोहीअनुसार बजेटको तयारी गर्ने पनि बताए । संसद्को चालु अधिवेशनको मुख्य कार्यभार, नीति तथा कार्यक्रम र बजेट प्रस्तुत र पारित गर्नेलगायत रहेको बताए ।





