काठमाडौँ । संसदको विहिबार बस्ने बैठकमा बजेट पेश हुने भएको छ ।
संघीय संसद सचिवालयले सार्बजनिक गरेको विहिबार अपराहन्न ३ बजे बस्ने संयुक्त बैठकको सम्भावित कार्यसूचीमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक बर्षको बजेट पेश गर्ने कार्यसूची रहेको छ ।
संसद सचिवालयले दुवै सदनका सांसदहरुलाई बैठक शुरु हुनु १५ मिनेट अघि उपस्थित हुन आग्रह गरेको छ ।त्यसअघि विहिबार अपराहन्न साढे १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
