काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिरहेका छन् ।
अर्थमन्त्री पौडेलले पाल्पा, सुनसरी र दाङमा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने घोषणा गरेका छन् । अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा भने- ‘पाल्पा, सुनसरी र दाङमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गरिनेछ।
अन्तर्राष्ट्रिय क्षेत्रबाट सक्षम अनुसन्धानकर्ता छनोट गरी रियल अर्थ मेटलको सम्भाव्यता अध्ययन गरिनेछ ।’यसैगरी, खानीजन्य पदार्थको अन्वेषण, उत्पादन र बजारीकरणको सम्भावना यकिन गर्न विज्ञहरूको सहभागितामा राष्ट्रिय सम्मेलन आयोजना गरिने उनले बताए ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
