काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलुरु जारी आइपिएलको फाइनलमा पुगेको छ ।विहिबार राति सम्पन्न पहिलो क्वालिफायरमा पञ्जाव किंग्सलाई ८ विकेटले पराजित गर्दै रोयल च्यालेन्जर्स फाइनलमा पुगेको हो ।पञ्जावले दिएको १०२ रनको लक्ष्य पछाएको रोयल च्यालेन्जर्सले १० ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।
रोयल च्यालेन्जर्सका लागि फिल साल्टले सर्बाधिक अविजित ५६ रन बनाए भने मयंक अग्रवालले १९, कप्तान रजत पाटीदारले अविजित १५ र विराट कोहलीले १२ रन बनाए ।यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरु चौथो पटक आइपिएलको फाइनलमा पुगेको छ । यस अघि रोयल च्यालेन्जर्स बैंगलुरु २००९, २०११ र २०१६ मा फाइनलमा पुगेर पराजित भएको थियो ।त्यस्तै यस खेलमा हार बेहोरेको पञ्जावले भने अब दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ । दोस्रो क्वालिफायरमा पञ्जावले इलिमिनेटरमा गुजरात टाइटन्स र मुम्बई इण्डियन्सबीचको विजेतासँग खेल्ने छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
