काठमाडौँ । इजरायलले हमासको आक्रमणमा बन्धक बनाइएका थाई नागरिकको शव बरामद भएको बताएको छ ।
रक्षामन्त्री इजरायल काट्जलेथाई नागरिक नट्टापोङ पिन्टाको शव शुक्रबार दक्षिणी गाजाको रफाह क्षेत्रमा विशेष कारबाहीको क्रममा बरामद गरिएको बताएका हुन् । ३५ वर्षीय पिन्टा दक्षिणी इजरायलमा कृषि मजदुरको रूपमा काम गरिरहेको समयमा हमासको अपहरणमा परेका थिए ।
यसअघि, इजरायली सेनाले यस हप्ता गाजामा दुई इजरायली अमेरिकीहरूको शव बरामद गरेको थियो ।





