काठमाडौँ । बलिवुड फिल्म ‘सैयारा’ ले बम्पर कमाई गरिरहेको छ । अहान पाण्डेको डेब्यू फिल्म ‘सैयारा’ घरेलु बक्स अफिसमा कमाईको सुनामी ल्याएको विश्लेषण भइरहेका बेला रिलिजको चार दिनमा नै फिल्म सय करोड क्लबमा प्रवेश गरेको छ ।
फिल्मले रिलिजको चौथो दिन सोमबार घरेलु बक्स अफिसमा २४ करोड २५ लाख कमाई गरेको छ । बलिवुड फिल्म विश्लेषक तरण आदर्शले चार दिनमा फिल्मले १०८ करोड ७५ लाख कमाई गरेको छ ।
यस अघि फिल्मले पहिलो दिन शुक्रबार २२ करोड, दोस्रो दिन शनिबार २६.२५ करोड र आइतबार ३६ करोड २५ लाख कमाएको थियो ।
यो अभिनेत्री अनित पड्डाको पहिलो फिल्म पनि हो ।आदित्य चोपडा र अक्षय विधानीद्वारा निर्मित यस फिल्मलाई मोहित सुरीले निर्देशन गरेका हुन् । यस फिल्मको पटकथा रोहन शंकर र संकल्प सदानाले लेखेका हुन् । दर्शकहरूले फिल्मको कथा धेरै मन पराएका छन् ।
फिल्मको रिभ्यु पनि निकै राम्रो रहेको छ । बलिवुड फिल्म विश्लेषक तरण आदर्शले यस फिल्मलाई साढे ४ रेटिंग दिएका छन् । उनले बलिवुडको रोमान्सलाई फिर्ता ल्याएको टिप्पणी गरेका छन् ।
यस फिल्मलाई यस अघिका फिल्म आशिकी र आशिकी-२ सँग तुलना गरिएको छ । यस अघि ‘आशिकी २’, ‘वो लम्हे’, ‘जेहर’ र ‘एक खलनायक’ जस्ता भावनात्मक प्रेमकथाहरू प्रस्तुत गरिसकेका फिल्म निर्माता मोहित सुरीले फेरि एकपटक यशराज फिल्म्ससँग मिलेर भावनात्मक प्रेम कथामा नयाँ फिल्म ल्याएका छन् । फिल्म करिब ६० करोडको बजेटमा बनेको बताइएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
