काठमाडौँ । रुसको आक्रमणमा युक्रेनमा दुई बच्चासहित आठ जनाको मृत्यु भएको छ ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार राति किभमा भएको रूसी आक्रमणमा दुई बच्चासहित आठ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।
जेलेन्स्कीले रूसले ‘वार्ताको टेबलको सट्टा ब्यालिस्टिक मिसाइल रोजेको’ टिप्पणी गरेका छन् । उनले रूसमाथि ‘नयाँ र कडा प्रतिबन्ध’ लगाउने आवश्यकता पनि दोहोर्याए ।
त्यस्तै किभका मेयर भिटाली क्लिट्स्कोले ठूलो मात्रामा ड्रोन र मिसाइल आक्रमणमा कम्तिमा ३८ जना घाइते भएको बताएका छन् ।
यो मिसाइल आक्रमण त्यस्तो समयमा भएको हो जब बुधबार रूसी ड्रोन आक्रमणबाट युक्रेनको ऊर्जा पूर्वाधारमा क्षति पुगेको थियो, जसका कारण एक लाखभन्दा बढी युक्रेनी घरहरूमा बिजुली गुमेको थियो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
