काठमाडौँ । इङल्याण्डले दक्षिण अफ्रीकाविरुद्ध कीर्तिमानी जित हासिल गरेको छ ।
गएराती सम्पन्न एकदिवसीय सिरिजको अन्तिम खेलमा इङल्याण्डले दक्षिण अफ्रिकालाई ३४२ रन अन्तरले पराजित गरेको हो ।
इङल्याण्डले दिएको ४१५ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिका २०.५ ओभरमा ७२ रन बनाएर अल आउट भएको थियो ।
दक्षिण अफ्रीकाका लागि कोर्बिन बोस्चले सर्बाधिक २० र केशव महाराजले १७ रन बनाएका थिए । दक्षिण अफ्रीकाको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा इङल्याण्डका बलर जोफ्रा आर्चरले ४, आदील रशिदले ३ तथा ब्राइडन कार्सले २ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ५० ओभरमा ५ विकेट गुमाउदै ४१४ रन बनाएको थियो । इङल्याण्डका लागि जाकोब बेथवेलले ११० र जो रुटले १०० रनको शतकीय पारी खेलेका थिए भने जामि स्मिथ र जोस बटलरले ६२-६२ रनको आक्रामक पारी खेलेका थिए ।
यो जितपछि दक्षिण अफ्रिकाले ३ खेलको एकदिवसीय सिरिज २-१ ले जितेको छ ।
इङल्याण्डको यो जित एकदिवसीय क्रिकेटको अहिलेसम्मकै सबै भन्दा फराकिलो जित हो । यस अघि एकदिवसीय क्रिकेटमा २०२३ मा भारतले श्रीलंकालाई ३१७ रनको अन्तरले अपराजित गरेको थियो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
