काठमाडौँ । पाकिस्तानले त्रिकोणात्मक टी-२० सिरिज जितेको छ । गएराती सम्पन्न खेलमा पाकिस्तानले अफगानिस्तानलाई ७५ रनले पराजित गर्दै उपाधि जितेको हो ।
फाइनल खेलमा पाकिस्तानले दिएको १४२ रनको लक्ष्य पछाएको अफगानिस्तानले केवल १५.५ ओभरमा अल आउट हुदै ६६ रन मात्र बनाएको थियो ।
अफगानिस्तानका लागि कप्तान राशिद खानले सर्बाधिक १७ रन बनाए भने सेडिकुल्लाह अटलले १३ रन बनाएका थिए । त्यस्तै अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।
त्यस्तै पाकिस्तानका बलर मोहमद नवाजले ५ विकेट लिएका थिए भने सुफियान मुक्विम र अब्रार अहमदले २-२ विकेट लिएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १४१ रन बनाएको थियो ।
योसँगै पाकिस्तानले त्रिकोणात्मक सिरिज जितेको छ । पाकिस्तानका मोहमद जवाज सिरिजको उत्कृष्ट खेलाडी बनेका छन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
