काठमाडौं, २३ भदौ । राजधानीमा भइरहेको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा उपचारका क्रममा प्रदर्शनकारीको मृत्यु भएको पुष्टि भएको हो ।
सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध जेनजी पुस्ता आज बिहानैदेखि सडकमा उत्रिएको थियो । प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीसँग भएको झडपमा गोली प्रहार गरिएको र सोही क्रममा ज्यान जाने घटनाहरू बढेको बताइएको छ ।
मृतकको पहिचान र घाइतेको विस्तृत विवरण भने अझै सार्वजनिक गरिएको छैन ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
