काठमाडौँ । कुवेतकी प्रसिद्ध सामाजिक सञ्जाल इन्फुलेन्सर रवान बिन हुसेन दुबईमा जेलमा रहेकी छन् । रवानलाई मार्च २०२३ मा सार्वजनिक स्थानमा रक्सी पिउने, प्रहरी अधिकारीमाथि आक्रमण गर्ने र अशान्ति मच्चाउने आरोपमा पक्राउ गरिएको थियो ।
उनी अहिले भोक हडतालमा बसेको कारण चर्चामा रहेकी छन् । रवानका इन्स्टाग्राममा ७५ लाख फलोअर्स छन् । जेलबाट उनको एउटा तस्बिर भाइरल भइरहेको छ, जसमा उनी कमजोर र थकित देखिन्छिन् ।
अदालतले उनलाई छ महिनाको जेल सजाय, २० हजार दिरहम जरिवाना र देश छोड्न आदेश दिएको थियो । यद्यपि, उनले जेलमा एक महिला गार्डमाथि आक्रमण गरेकी थिइन्, जसपछि उनको सजाय एक वर्ष बढाइएको थियो ।
रवान पहिले धेरै विवादहरूमा संलग्न भइसकेकी छिन्, जसमा २०२० मा उनको पतिसँग सम्बन्ध विच्छेद पछि भएको आक्रमणको मुद्दा, बेलायतमा अदालतमा अनुपस्थिति, बगदाद विमानस्थलमा झगडा र साउदी अरेबियामा इरानी झण्डाको अगाडि नाच्ने जस्ता रहेका छन् । भोग पत्रिकाले एक पटक उनलाई कुवेतको ब्रुक शिल्ड्स भनेको थियो, तर अब उनी निरन्तर कानुनी समस्याहरूमा फसेकी छिन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
