काठमाण्डाै – धादिङ सदरमुकाम धादिङबेंसीलाई पृथ्वी राजमार्गसँग जोड्ने फुर्केखोलाको पक्की पुल बाढीले बगाएपछि प्रयोगमा ल्याइएको वैकल्पिक परेवाटार–मास्टार सडक आज ५ घण्टा बन्द हुने भएको छ ।
सडक मर्मतसम्भारको काम गर्नुपर्ने भएकाले आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म यस सडक खण्ड भएर सञ्चालन हुने सबै गाडीको आवागमन पूर्ण रूपमा बन्द रहने धादिङ प्रशासनले जनाएको छ ।
बन्दको अवधिमा यात्रु तथा चालकहरूलाई वैकल्पिक मार्गको रूपमा धादिङबेंसी–सुनौला बजार–भोर्ले–कोसिखोला–फोसेटार–कल्लेरीटार वा अरु वैकल्पिक बाटो प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ ।






