Close Menu
    खबर साइट

    कृष्णभीरमा बाटो खुलेपछि काठमाडौंमा ग्यासको मूल्य घट्यो

    रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

    ओलीलाई भण्डारीको जवाफ: सबैलाई वैरी देखेर कसरी चल्छ पार्टी?

    कृष्णभीरमा १८ दिनपछि पृथ्वी राजमार्ग दुईतर्फ सञ्चालनमा

    आज विश्वकर्मा पूजा मनाइँदै, कलकारखाना र सवारीसाधनमा विशेष पूजा

    जापानी इन्सेफ्लाइटिसबाट २६ जनाको मृत्यु

    एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    कृष्णभीरमा दुईतर्फी यातायात असोज १ देखि

    प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

    Facebook Instagram YouTube
    खबर साइट डट कम :
    • कृष्णभीरमा बाटो खुलेपछि काठमाडौंमा ग्यासको मूल्य घट्यो
    • रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’
    • ओलीलाई भण्डारीको जवाफ: सबैलाई वैरी देखेर कसरी चल्छ पार्टी?
    • कृष्णभीरमा १८ दिनपछि पृथ्वी राजमार्ग दुईतर्फ सञ्चालनमा
    • आज विश्वकर्मा पूजा मनाइँदै, कलकारखाना र सवारीसाधनमा विशेष पूजा
    • जापानी इन्सेफ्लाइटिसबाट २६ जनाको मृत्यु
    • एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद
    • कृष्णभीरमा दुईतर्फी यातायात असोज १ देखि
    • हाम्रो बारेमा
    • विज्ञापन
    • सम्पर्क
    Facebook X (Twitter) Instagram
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    • होमपेज
    • मुख्य समाचार
      1. आर्थिक
      2. सुरक्षा/ अपराध
      3. विश्व
      4. View All

      कृष्णभीरमा बाटो खुलेपछि काठमाडौंमा ग्यासको मूल्य घट्यो

      अशोज २, २०८३

      विपद्मा हालेमालाेः नेपाल र नेशनल मेडिकल कलेजबाट बाढीपिडित लाई ७५ लाख सहयोग

      भदौ २५, २०८३

      हकवाला र सम्बन्धित निकायलाई विना जानकारी ६ करोडको सम्पत्ति लिलामको आदेश

      भदौ २५, २०८३

      चीनका ब्याट्री निर्माता र नेपाली आयातकर्ताबीच प्रत्यक्ष भेटघाट हुँदै

      भदौ ८, २०८३

      हकवाला र सम्बन्धित निकायलाई विना जानकारी ६ करोडको सम्पत्ति लिलामको आदेश

      भदौ २५, २०८३

      २ करोड ८० लाख ठगी आरोपमा बुढाथोकी पक्राउ

      साउन २७, २०८३

      तीन महिनामा ८४ जना अवैध हातहतियारसहित पक्राउ, ठूलो परिमाणमा हतियार र गोली बरामद

      साउन २१, २०८३

      तत्कालीन गाउँपालिका अध्यक्षसहित पाँच जना र ठेकेदार कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

      साउन २१, २०८३

      भारतको बिहारस्थित मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा सात जनाको मृत्यु

      भदौ २, २०८३

      क्यानडाको ऐतिहासिक यात्रा समाप्त, मोरक्को लगातार दोस्रो पटक विश्वकप क्वार्टरफाइनलमा

      असार २१, २०८३

      विश्वकप फुटबलः मेस्सीको जादुयी प्रदर्शन, अर्जेन्टिना नकआउट चरणमा प्रवेश

      असार ८, २०८३

      अष्ट्रेलियामाथि अमेरिकाको प्रभावशाली जित, नकआउटमा छनौट

      असार ६, २०८३

      कृष्णभीरमा बाटो खुलेपछि काठमाडौंमा ग्यासको मूल्य घट्यो

      अशोज २, २०८३

      रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

      अशोज २, २०८३

      ओलीलाई भण्डारीको जवाफ: सबैलाई वैरी देखेर कसरी चल्छ पार्टी?

      अशोज १, २०८३

      कृष्णभीरमा १८ दिनपछि पृथ्वी राजमार्ग दुईतर्फ सञ्चालनमा

      अशोज १, २०८३
    • कला र मनोरञ्जन
      1. सिनेमा
      2. सङ्गीत
      3. रङ्गमञ्च
      4. बलिउड
      5. View All

      नयाँ विषयवस्तुका साथ दर्शकको रोजाइमा ‘मेरी बास्सै’

      चैत्र १८, २०८२

      फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर, कार्तिक २१ गतेदेखि प्रदर्शनमा आउने

      अशोज २०, २०८२

      फिल्म ‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ मा विजय बरालको नृत्यको तारिफ

      अशोज १२, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२

      प्रथम नेपाली तारा दिपक लिम्बु युकेको सांगितिक यात्रामा

      जेष्ठ १, २०८२

      सिड्नीमा नेपथ्यको विशाल फड्को

      चैत्र १७, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      ‘लाज शरणम्’मा रहेको बालेनको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

      माघ ३०, २०८१

      नयाँ विषयवस्तुका साथ दर्शकको रोजाइमा ‘मेरी बास्सै’

      चैत्र १८, २०८२

      झानेको पिज्जा लिएर आउँदै रिषभ काफ्ले

      साउन १५, २०८२

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १७, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १४, २०८२

      चौथो स्टेजको क्यान्सरसँग लड्दै अभिनेत्री नफिसा

      अशोज २०, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२

      गोविन्दविरुद्ध पत्नी सुनिता अदालत पुगिन्, डिभोर्स हुन लागेको हो ?

      भदौ ९, २०८२

      सैयारा फेम अहान र अनीतले पाए पहिलो अवार्ड

      साउन २८, २०८२

      रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

      अशोज २, २०८३

      आजदेखि तीज सुरु,व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

      भदौ २८, २०८३

      अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्सद्वारा नेपालको प्रतिनिधित्व

      भदौ २५, २०८३

      प्रवासमा रहेर नेपाली गीत–संगीतमा योगदान पुर्‍याएकी जेनीषा गौतमलाई ‘राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड’मा सम्मान

      भदौ २५, २०८३
    • प्रवास
    • खेलकुद
    • जीवनशैली
      1. स्वास्थ्य र सौन्दर्य
      2. कला संस्कृति
      3. रोचक र विचित्र
      4. View All

      सिभिल अस्पतालमा एमआरलाई प्रतिबन्ध

      अशोज २२, २०८२

      मृगाैला स्वस्थ्य बनाउन खानुहाेस् यी ४ चीज

      भदौ २, २०८२

      खाली पेटमा सौंपको पानी पिउँदा स्वास्थ्यमा हुन्छ फाईदा

      भदौ १, २०८२

      कोलेस्ट्रोल नियन्त्रण गर्न के खाने र के नखाने ?

      साउन २०, २०८२

      रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

      अशोज २, २०८३

      आजदेखि तीज सुरु,व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

      भदौ २८, २०८३

      आन्तरिक पर्यटकको रोजाइमा धादिङको ब्रोम्दिङ: शैलुङ र दामनको झझल्को दिने नयाँ गन्तव्य

      भदौ ७, २०८३

      आजको राशिफल: २०८२ फागुन १७ गते आइतबार

      फाल्गुन १७, २०८२

      टर्किस एअरलाइन्सको विमान धादिङको धार्केमा ‘इमर्जेन्सी होल्ड’:२३६ यात्रु बोकेको विमान यसरी पुग्यो कोलकाता

      माघ २२, २०८२

      रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

      पुस ३०, २०८२

      बर्दियाकी युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै आत्महत्या गरेपछि प्रधानमन्त्री कार्कीले मागिन माफी

      मंसिर २१, २०८२

      गोरखाको पाङबारी हिमालमा बेपत्ता दुई इटालियन आरोहीको पाँच दिनपछि शव फेला

      कार्तिक १८, २०८२

      नेपालमा जापानिज इन्सेफलाइटिसको आतङ्क: १६ को मृत्यु, ६३ जनामा सङ्क्रमण पुष्टि

      भदौ १, २०८३

      सिमसार र परम्परागत ज्ञानको संरक्षणमा जोड दिँदै विश्व सिमसार दिवस मनाइँदै

      माघ १९, २०८२

      काठमाण्डौं उपत्यकामा बढ्यो चिसो

      माघ १, २०८२

      कृत्रिम खुट्टाको सहारामा हरि बुढामगरद्वारा सातै महादेशका सर्वोच्च शिखर आरोहण

      पुस २८, २०८२
    • सूचना र प्रविधि

      सामाजिक सञ्जालमा भ्रमको खेती: गलत सूचना, भ्रामक प्रचार र प्रोपागान्डाबाट कसरी जोगिने?

      भदौ २३, २०८३

      मोटोरोला एज ७० फ्युजन ६९,९९९ रुपैयाँमा नेपाली बजारमा सार्वजनिक

      भदौ १०, २०८३

      एआईले बताउन सक्छ मानिसको मृत्यु र आयु: ७८ प्रतिशत सटीक नतिजा दिने नयाँ प्रविधि

      साउन ७, २०८३

      नम्बर नदेखाई व्हाट्सएपमा कुराकानी गर्न सकिने: ‘युजरनेम’ फिचर आउँदै

      साउन ७, २०८३

      डिजिटल जासुसी: एपहरूले राख्दैछन् तपाईंको राजनीतिक र धार्मिक आस्थामा नजर

      चैत्र २१, २०८२
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    Home » अविरल बर्षा पछि बाढी पहिरोको जोखिम, ठाउँ ठाउँमा राजमार्ग अवरुद्ध, तराईमा डुवानको त्रास

    अविरल बर्षा पछि बाढी पहिरोको जोखिम, ठाउँ ठाउँमा राजमार्ग अवरुद्ध, तराईमा डुवानको त्रास

    खबर साइट डट कमखबर साइट डट कमअसार २२, २०८१5 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Telegram Email
    Share
    Facebook Twitter WhatsApp Email Telegram

    काठमाडौँ । अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ । तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन् ।

    बाढीले देवघाटमा नाघ्यो चेतावनी तह

    नारायणी नदीमा आएको बाढीले देवघाटमा नाघ्यो चेतावनी तह चितवन । नारायणी नदीमा आएको बाढीले देवघाटमा चेतावनी तह नाघेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देवघाट जलसतह मापन केन्द्रमा नारायणीले चेतावनीको तह नाघेको हो । यहाँ जलसतह ७.३४ मिटर पुगेको छ । ७.३ मिटरदेखि ९ मिटरसम्मको जलसतहलाई चेतावनीको तह मानिन्छ । ९ मिटर भन्दा माथि पुगे खतराको तह मानिन्छ । नारायणी नदीको जलसतह नारायणगढस्थित नारायणी पुलमा चेतावनी तह नजिक पुगेको छ । यहाँको जलसतह १०.५७ मिटर पुगेको छ । देशका विभिन्न जिल्लाहरुमा बिहानै देखि परेको भारी वर्षाका कारण नदी तथा खोलाहरुमा ठूलो बाढी आएको छ ।

    सिद्धार्थ राजमार्ग अवरुद्ध

    वालिङ (स्याङ्जा) अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएको छ । बिहीबार रातिदेखि निरन्तर आइरहेको पानीले सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको ठाउँ ठाउँमा पहिरो गएको छ । स्याङ्जा–वालिङ सडकको भीरकोट–४ छाङ्छाङ्दी नजिक आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

    यस वर्ष जिल्लामा भारी वर्षा भइरहेको छ । वर्षाले सिद्धार्थ राजमार्गको वालिङ–१ कालीमाटीमा पनि सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध भएको छ । वर्षा निरन्तर भइरहेकाले सडक पुनः सञ्चालन गर्न कठिनाइ भइरहेको छ ।

    सिद्धार्थ राजमार्गका केही ठाउँमा पहिरो हटाएर एकतर्फी यातायात सञ्चालन गरिए पनि धेरै ठाउँमा पहिरो गएकाले पूर्णरुपमा सञ्चालनमा आउन समय लाग्ने भएको छ । सिद्धार्थ राजमार्गसँगै ग्रामीण क्षेत्रका अन्य सडक पनि पहिरोले अवरुद्ध छन् । यात्रु बीच बाटोमै रोकिएका छन् ।

    विपी राजमार्गमा यातायात ठप्प

    पहिरोले विपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका–२ कमिरेफाँटमा पहिरोले सडक अवरुद्ध भएको हो ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार राजमार्ग माथिबाट पहिरोसहित बगेर आएको लेदोले आज बिहानैदेखि यातायात सेवा ठप्प छ ।

    राजमार्ग अवरुद्ध हुँदा बिहानैदेखि सयौँ सवारीसाधन बाटोमै रोकिएका छन् । यात्रु अलपत्र परेका छन् । वर्षा निरन्तर भइरहेकाले अवरुद्ध राजमार्ग खुलाउन समस्या भएको छ । डोजरको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए ।

    यसैबीच मध्यमहाडी राजमार्गअन्र्तगत रहेको गोलञ्जोर गाउँपालिका–६ अकरेभिर र फिक्कल गाउँपालिका–२ सुनामबेँसीमा पनि पहिरोसहित बगेर आएको लेदोले बिहानैदेखि सडक अवरुद्ध भएको थियो । अहिले सो क्षेत्रमा पहिरो पन्छाएर यातायात सेवा सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

    हेटौँडा–काठमाडौँ सडकखण्डमा पहिरो

    बिहानैदेखि परेको वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी–दक्षिणकाली सडकखण्ड अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर–२ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    ठूलो पहिरो गएकाले तत्काल बाटो खुलाउन सकिने अवस्था छैन । प्रहरीले सिस्नेरी हुँदै काठमाडौँ जाने बाटो अवरुद्ध बनेकाले अन्य बाटो प्रयोग गर्न आग्रह गरेको छ ।

    यस्तै भीमफेदी–फाखेलतर्फको सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ । इन्द्रसरोवर–५ महालक्ष्मी खोलामा पहिरो गएका कारण भीमफेदी–फाखेल–मातातीर्थ सडकखण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

    यसैगरी कान्ति राजपथको ललितपुर खण्डमा पहिरो गएका कारण आज बिहानैदेखि सडक अवरुद्ध छ । ललितपुरको बागमती गाउँपालिका–३ पाङजुरे (भट्टेडाँडा नजिक) मा पनि पहिरो गएको छ । पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । त्रिभुवन राजपथ, हेटौँडा–फापरबारी–सिन्धुली खण्ड र पूर्वपश्चिम राजमार्गमा भने यातायात सेवा सञ्चालनमा छ ।

    बेँसीसहर–चामे सडक अवरुद्ध

    पहिरोले बेसीँसहर चामे सडक अवरुद्ध भएको छ । यस सडकअन्तर्गत लमजुङ जिल्ला मस्र्याङ्दी गाउँपालिका–४ हावाडाँडा सडक माथिबाट आज बिहान पहिरो आउँदा पूर्णरुपमा सडक अवरुद्ध भएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ ।

    कार्यालयका सूचना अधिकारी किरण पोखरेलले सो ठाउँमा ठूलो पहिरो आएको र पहिरो हटाउन समस्या भइरहेको बताउनुभयो । पहिरोले सडक अवरुद्ध भएपछि सवारीसाधन बाटोमै थन्किएका छन् । चामे गाउँपालिका–१ तिमाङ खोलामा गत मङ्गलबार आएको बाढीले काठेपुल र मोटरेवल पुल बगाएपछि हालसम्म सडक सञ्चालनमा आउन नसकेको सूचना अधिकारी पोखरेलले बताए ।

    घोराही–तुलसीपुर सडक सडक अबरुद्ध

    दाङको घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत सेवारखोलामा बनाएको डाइभर्सन बगेको छ । बाढीले आज बिहान उक्त डाइभर्सन बगाएको हो । सो ठाउँमा असहले आवतजावत ठप्प छ । जिल्ला प्रशासन कार्यालय दाङले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । घोराही उपमहानगरपालिका–१६ सेवारखोलामा चार लेनको पक्की पुल अधुरै छ ।

    बाढीले वीरगन्जको विभिन्न ठाउँ डुबानमा

    गए रातिदेखि लगातार परेको वर्षाले पर्साको वीरगन्ज महानगरपालिकाका विभिन्न वडा डुबानमा परेका छन् । महानगरपालिकाको छपकैया, बजारछपकैया, घडिअर्वा, रानीघाट, श्रीपुर, नगवा, राधेमाईलगायत ठाउँ डुबानमा परेका छन् ।

    पानी सडकमै जम्मा भएर स्थानीयको घर भित्र पस्न थालेको छ । जमेको पानीलाई निकास दिन बिहानैदेखि उपकरण तथा कर्मचारी परिचान गरिएको वीरगन्ज महानगरपालिकाको सरसफाई शाखाका प्रमुख सरफुद्दिन मियाले जानकारी दिए । डुबान भएका क्षेत्रमा नाला सफा गर्ने काम भइरहेको छ ।

    वर्षा भएपछि यहाँका किसान खुसी भएका छन् । पानी परेपछि रोपाइँ गर्न पाइने आशले उनीहरु खुसी भएका हुन् । पर्सामा कुल ५४ हजार पाँच सय हेक्टर खेतियोग्य जग्गा रहेको छ । यसमध्ये ४७ हजार हेक्टरमा धान खेती हुने गरेको छ ।

    नदी तथा खोला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह

    यस वर्ष गत वर्षको तुलनामा बढी वर्षा हुने भएकाले नदी तथा खोला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान कार्यालय धरानका प्रमुख रुद्रबहादुर परियारले यस वर्ष औसतभन्दा बढी पानी पर्ने भएकाले कोशी प्रदेश र मधेश प्रदेशका नदी तथा खोलानाला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह गरे ।

    “साना खोलानालामा पनि आकस्मिक बाढी आउने सम्भावना रहन्छ”, उनले भने । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले वर्षाबाट हुने क्षति न्यून गर्न स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका स्थानीय प्रतिनिधिलगायतसँग छलफल भइरहेको बताए । बाढी पहिरोका कारण जुनसुकै समयमा पनि विपद् निम्तिन सक्ने भएकाले कार्यालय प्रमुखहरुलाई जिल्ला नछाड्न निर्देशन दिएको उनले बताए ।

    कर्णाली राजमार्ग अवरुद्व

    शक्रबारदेखि परेको वर्षाका कारण पहिरो खसेर कर्णाली राजमार्गको कालिकोट सडकखण्ड अवरुद्ध भएको छ । कालिकोटको हुल्म बजारलगायत ठाउँमा पहिरोले सडक अवरुद्ध छ ।

    सडक अवरुद्ध हुँदा सुर्खेत–जुम्लाका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका छन् । सडक खुलाउने प्रयास भइरहेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी बीरबहादुर ओलीले जानकारी दिए ।

    khabarsite banner
    Share. Facebook Twitter WhatsApp Copy Link Telegram Email
    Previous Article१२ वर्षीया बालिकालाई गोहीले खायो
    Next Article देशका धेरै स्थानमा लगातार वर्षा

    सम्बन्धित खबर

    कृष्णभीरमा बाटो खुलेपछि काठमाडौंमा ग्यासको मूल्य घट्यो

    रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

    Add A Comment
    Leave A Reply

    You must be logged in to post a comment.

    ताजा खबर

    कृष्णभीरमा बाटो खुलेपछि काठमाडौंमा ग्यासको मूल्य घट्यो

    सूचना तथा जानकारी Dhading mahotsav

    रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

    ओलीलाई भण्डारीको जवाफ: सबैलाई वैरी देखेर कसरी चल्छ पार्टी?

    कृष्णभीरमा १८ दिनपछि पृथ्वी राजमार्ग दुईतर्फ सञ्चालनमा

    आज विश्वकर्मा पूजा मनाइँदै, कलकारखाना र सवारीसाधनमा विशेष पूजा

    Khabarsite-देश विदेशको खबर
    .

    प्रवास खबर

    रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

    नेपालका बाढीपीडितको सहयोगका लागि अमेरिकामा भर्चुअल रक्तदान अभियान सुरु

    काम खोज्दै वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दो, वैशाख महिनामा मात्रै ७४ हजारभन्दा बढी बाहिरिए

    म्यानमारबाट दुई नेपाली युवाको उद्धार

    खबरसाइट डट कम - समाज, देश र परदेशमा समेत नेपाली जीवन भोगाई, तिनका सामाजिक, सांस्कृतिक गतिविधि, सन्देश र खबर पस्कने न्युज पोर्टल हो । हामी सत्य तथ्यको खोजी गर्दै पूर्वाग्रह रहित भएर निष्पक्ष रूपमा राज्य संयन्त्रलाई सबल र जिम्मेवार बनाउन खबरदारी गर्छौँ ।

    Khabarsite | खबर साईट

    प्रकाशक/संचालक :
    रोयल मल्टीमिडिया हाउस प्रा.लि.

    सूचना तथा प्रशारण विभाग दर्ता नं : ५१४२/ २०८२/२०८३
    स्थायी लेखा नम्बर : ६२१२७०१४९

    हाम्रो टिम;

    प्रधान सम्पादक :
    केशव अधिकारी

    सम्पादक :
    दिल बहादुर रम्तेल

    कला सम्पादक :
    कृष्णपक्ष थापा

    प्रबन्ध निर्देशक : कुशल अधिकारी

    कम्पनी कार्यालय :
    नीलकण्ठ नगरपालिका वडा नम्बर १२, पिप्लेटार, (धादिङबेसी) धादिङ
    सम्पर्क नं : ९८६७६६२८२०
    Email - khabarsite.com@gmail.com

    सम्पर्क कार्यालय :
    नागार्जुन नगरपालिका वडा नम्बर १०, स्युचाटार, काठमाण्डौं
    सम्पर्क नं : ९८६७६६२८२१

    समाचार /विज्ञापनका लागि :
    (९८६७६६२८२०, ९८६७६६२८२१)
    Email - khabarsite.com@gmail.com

    Facebook Instagram YouTube
    सिफारिश

    कृष्णभीरमा १८ दिनपछि पृथ्वी राजमार्ग दुईतर्फ सञ्चालनमा

    खबर साइट डट कम

    कृष्णभीरमा नयाँ ट्र्याक निर्माण: १४ दिनपछि परीक्षणस्वरूप सवारीसाधन पास

    खबर साइट डट कम

    बाढी प्रभावित परिवारका विद्यार्थीलाई इम्बार्क कलेजको २ करोड ७० लाखको पूर्ण छात्रवृत्ति

    खबर साइट डट कम

    अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्सद्वारा नेपालको प्रतिनिधित्व

    खबर साइट डट कम

    विपद्मा हालेमालाेः नेपाल र नेशनल मेडिकल कलेजबाट बाढीपिडित लाई ७५ लाख सहयोग

    खबर साइट डट कम

    हकवाला र सम्बन्धित निकायलाई विना जानकारी ६ करोडको सम्पत्ति लिलामको आदेश

    खबर साइट डट कम

    कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालनमा आउन अझै १० दिन लाग्ने

    खबर साइट डट कम

    सामाजिक सञ्जालमा भ्रमको खेती: गलत सूचना, भ्रामक प्रचार र प्रोपागान्डाबाट कसरी जोगिने?

    खबर साइट डट कम
    Khabarsite-देश विदेशको खबर

    लेख रचना समाचार र विज्ञापनको लागि :
    khabarsite.com@gmail.com

    khabar Site Banner
    KhabarSite.com देश विदेशको खबर
    Facebook YouTube Instagram
    • होमपेज
    • स्वास्थ्य र सौन्दर्य
    • सूचना र प्रविधि
    • रोचक र विचित्र
    • कला र मनोरञ्जन
    • साहित्य
    कला / वेब डिजाइन ❤️ - KanxeY.

    Type above and press Enter to search. Press Esc to cancel.

    झाडा पखाला हैजा र डेँगीबाट बचौं

    Khabarsite