काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चौथो पटक प्रधानमन्त्री बन्दै हुनुहुन्छ । नेकपा माओवादी केन्द्र नेतृत्वको गठबन्धन तोडेर कांग्रेस–एमाले गठबन्धन बनेसँगै पुष्पकमल दाहालको सरकार ढलेपछि ओली प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ।
राष्ट्पति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार ओलीलाई आज प्रधानमन्त्री नियुक्त गर्नुहुने भएको छ । राष्ट्रपतिले नयाँ सरकार गठनका लागि तीन दिन म्याद तोकेर आह्वान गरे अनुरुप एमाले अध्यक्ष केपी शर्मा ओलीले मात्र दाबी प्रस्तुत गर्नुभएको छ ।
नयाँ प्रधानमन्त्रीको रुपमा केपी ओली देशको ४१ औं प्रधानमन्त्री बन्नुहुने छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।