काठमाडौं । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ। मिआमीमा आज बिहान भएको खेलमा कोलम्बियालाई १(० गोलले हराउँदै अर्जेन्टिनाले लगातार दोस्रो उपाधि हात पारेको हो। अर्जेन्टिनाको जितमा लाउटारो मार्टिनेजले १ सय १२ मिनेटमा गरेको गोल नै पर्याप्त बन्यो।
निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो। कोपामा पहिलो पटक थप ३० मिनेट थपिएको थियो। यस अघिका खेलमा यो नियम हटाइएको थियो।जितसँगै अर्जेन्टिनाले १६औँ पटक कोपा अमेरिकाको उपाधि जितेको छ।





