काठमाडौं । काठमाडौं भित्रिने प्रमुख राजमार्ग नागढुङ्गा नजिक पहिरो जाँदा नागढुङ्गा–नौबिसे सडक खण्ड दुईतर्फी आवतजावत बन्द भएको छ । नागढुङ्गाबाट झन्डै दुई सय मिटर धादिङतर्फ पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
अहिले पनि पहिरोमा ढुङ्गा खस्ने क्रम चलिरहेकोले सडक खुलाउन समस्या भएको प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरीक्षक हेमराज थपलियाले बताउनुभयो । पानी रोकिएपछि सडक अवरुद्ध खुलाइने उहाँले बताउनुभयो ।
सडक अवरुद्ध भएपछि दुवैतर्फ अहिले गाडीको लामो लाइन लागेको छ ।





