काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ बलम्बुमा वडा कार्यालय नजिक फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ ।
स्थानीय बासिन्दाको घरमा फेला परेको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको हो ।
शङ्कास्पद रूपमा प्रेसर कुकर राखिएको फेला परेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सेनालाई खबर गरेपछि सेनाको टोलीले निष्क्रिय पारेको हो ।





