एजेन्सी । अमेरिकाको राष्ट्रपतिका लागि स्वतन्त्र उम्मेदवार रोबर्ट एफ केनेडी जुनियरले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
केनेडी जुनियरले अमेरिकाको एरिजोनामा आयोजित चुनावी र्यालीलाई सम्बोधन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको र आफुले ट्रम्पलाई समर्थन गर्ने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । र्यालीमा केनेडी र ट्रम्प दुवै जनाले सम्बोधन गर्नुभएको थियो ।
केनेडी जुनियर अमेरिकी सिनेटर रोबर्ट एफ केनेडीका छोरा र पूर्व राष्ट्रपति जोन एफ केनेडीका भतिजा हुनुहुन्छ ।
डेमोक्र्याटिकका पूर्वनेता केनेडी जुनियरले विचारमा मतभेद भएपछि पार्टी छाड्नुभएको थियो । डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले यसअघि केनेडीको समर्थकबाट पनि भोट प्राप्त हुने गरी पहल गर्ने बताउनुभएको थियो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।