काठमाडौं । सेयर बजारमा उच्च अंकले गिरावट आएको छ । साताको सेयर कारोबारको दोस्रो दिन आज सोमबार नेप्से परिसूचक ५९.०२ अंकले घटेर २५२९.३३ विन्दुमा पुगेको हो । सेन्सेटिभ इण्डेक्स १.९४ प्रतिशतले घटेर ४५४.४१ विन्दुमा अडिएको छ ।
यसदिन ३२९ कम्पनीको १ करोड ३५ लाख ५ हजार ९०३ कित्ता सेयर ५ अर्ब ६६ करोड ३ लाख २ हजार ६८३ रुपैयाँमा खरिदबिक्री भए । कारोबार रकम आइतबारको तुलनामा केही बढी हो । पहिलो कारोबार दिन हिजो नेप्से परिसूचक ११.५८ अंकले बढेको थियो । सो दिन ५ अर्ब ९ करोड २९ लाख मूल्य बराबरको सेयर कारोबार भएको थियो ।
उच्च अंकले घटेको सेयर बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन । यसदिन हिमालयन हाइड्रोपावरको सेयर सर्वाधिक बढ्यो । सो कम्पनीको सेयर ९.८४ प्रतिशतले बढ्यो । एक्सेल डेभलपमेन्ट बैंकको ८.१२, सिभिल डिवेन्चर २०८८को ५.८१,रावा इनर्जी डेभलपमेन्टको ५.३३ र नेपाल फाइनान्सको ५.११ प्रतिशतले बढ्यो ।
आज चारवटा कम्पनीको मूल्यमा नकारात्मक सर्किट लाग्यो । गुडविल फाइनान्स,समृद्धि फाइनान्स,एनआईसी एसिया फ्लेक्सी क्याप फण्ड र इस्टर्न हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको हो । २१ करोड १३ लाख मूल्य बराबरको सेयर कारोबार गरी नेपाल फाइनान्स शीर्षस्थानमा रह्यो ।
आज सबै समूहको सूचक नकारात्मक देखिएका छन् । फाइनान्स समूहको सूचक सर्वाधिक ५.५६ अंकले घट्यो । कारोबारमा आएका १४ कम्पनीको मूल्य बढ्दा २२९ वटाको घट्यो भने एक समूहको उपसूचक स्थिर रह्यो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।