काठमाडौं । शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ३१ अङ्कले घटेर दुई हजार ६ सय ८० दशमलव ४४ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेको छ । सबै समूहको शेयर घटेको दिन विकास बैंक, फाइनान्स, होटल, बीमा, उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज जानकी फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले ओरालो लागेको दिन सामुदायिक लघुवित्त र थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज कारोबार रकम भने बढेको छ । हिजो सात अर्ब नौ करोडको कारोबार भएकोमा आज तीन सय १४ वटा कम्पनीका एक करोड ८४ लाख कित्ता शेयर आठ अर्ब २५ करोड रुपैयाँमा किनबेच भएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।