काठमाडौं : काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई एक लाख जरिवाना गरेको छ। शुक्रबार दरबारमार्गमा सडक फोहर गरेको भन्दै महानगरले एमालेलाई जरिवाना तिराउने निर्णय गरेको हो ।
शुक्रबार दरबारमार्गस्थित एमालेले गरेको जागरण सभाका क्रममा फोहोरमैला गरेको भन्दै महानगरले एमालेलाई एक लाख जरिवाना तिराउने निर्णय गरेको हो ।
काठमाडौं महानगरपालिको आर्थिक ऐन, २०८१ बमोजिम एमालेलाई एक लाख जरिवाना गराइएको नगर प्रहरी नरीक्षक लिलाराज गाछाले जानकारी दिए। उनका अनुसार प्रशासकीय अधिकृतको निर्देशनबमोजिम एमालेलाई कारबाही गरिएको हो।
सत्तारुढ दल एमालेले काठमाडौं उपत्यकाका तीनवटै जिल्लाको संयोजकत्वमा दरबारमार्गमा जागरण सभा आयोजना गरेको थियो। जागरण सभामा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गरेका थिए।





