काठमाडौं । नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले चौथो खेलमा दक्षिण अफ्रिकालाई ११ रनले हराएको छ । प्रतियोगितामा यो नेपालको दोस्रो जीत हो ।
नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा २ विकेट गुमाएर १ सय ८७ रनमात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका बुल्हे भिड्लाले नटआउट १ सय रन बनाए । दक्षिण अफ्रिकाका दुई जना खेलाडी रनआउट भए ।
यसअघि पाकिस्तानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९८ रन बनायो । नेपालका नरेश चौधरीले ८०, सागर लामाले ४०, पदम बडैलाले ३४ रन बनाए । दक्षिण अफ्रिकाका बुल्हे भिड्लाले १ विकेट लिए ।
यसअघि नेपाल पहिलो खेलमा श्रीलङ्कासँग र दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो । नेपालले तेस्रो खेलमा भने अफगानिस्तानलाई हराएको थियो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।