काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याइएको छ ।
लामिछानेलाई पोखराबाट बुद्ध एयरको विमानमार्फत काठमाडौँ ल्याइएको हो । सहकारी ठगीको अभियोगमा पक्राउ परेका रविलाई पोखरामा बयान सकिएकाले काठमाडौँ ल्याइएको हो ।
स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि रविलाई काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।
उनी विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ । कास्की जिल्ला अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौँ ल्याइएको हो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।