काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले काठमाण्डौ गुर्खाजलाई ५ विकेटले हराएको छ ।
कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा काठमाण्डौले दिएको १ सय १२ रनको लक्ष्य चितवनले १७ ओभर १ बलमा ५ विकेट गुमाएर भेटायो । चितवनका सन्तोष कार्कीले २८ र विदेशी खेलाडी लुक बेनकेनस्टाइनले सर्वाधिक २२ रन बनाए । काठमाण्डौ गुर्खाजका शाहब आलमले सर्वाधिक ३ विकेट लिए । यस्तै गेहरार्ड इरस्मस र डान डाैथवेटले १/१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे काठमाण्डौले २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन बनायो । काठमाण्डाैका सुमित महर्जनले सर्वाधिक २९, माइकल लेभिटले २५ र डान डाैथवेटले १९ रन बनाए । चितवनका विदेशी खेलाडी सोहेल तनभिरले सर्वाधिक ५ विकेट लिए । यस्तै रिजन ढकाल, कुशल मल्ल, अमर राउटेला र लुक बेनकेन्स्टाइनले १/१ विकेट लिए ।
एनपीएलमा आजै दिउँसो सवा १ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सले खेल्दैछन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।