काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले लगातार दोस्रो जीत हासिल गरेको छ । आज भएकाे खेलमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले हरायाे ।
कर्णालीले दिएको १ सय ४२ रनको लक्ष्य जनकपुरले १५ ओभर १ बलमा मात्र २ विकेट गुमाएर भेटायो । जनकपुरका कप्तान अनिल शाहले नटआउट ६२ रन बनाए । यस्तै आसिफ शेखले ३६ रन जोडे । कर्णालीका मौसम ढकाल र जीशान मक्सूदले १/१ विकेट लिए ।
यसअघि कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनायो । कर्णालीका गुल्सन झाले ३६, अर्जुन घर्तीले ३३, कप्तान सोमपाल कामीले नटआउट २९ रन बनाए । यस्तै भारतीय खेलाडी शिखर धवन १४ रनमा आउट भए । जनकपुरका मोहम्मद मोहसिनले २ विकेट लिए ।
यसअघि जनकपुरले उद्घाटन खेलमा विराटनगर किङ्ग्सलाई हराएको थियो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
![khabarsite banner](https://khabarsite.com/wp-content/uploads/Khabarsite-small-banner.jpg)