कञ्चनपुर । कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक गोठाला घाइते भएका छन्।
सोमबार बिहान बाघले दोधारा–चाँदनी नगरपालिका–२ सरस्वती टोलका ६३ वर्षीय शेरसिंह साउँदमाथि आक्रमण गरेको हो। गाँउकै मायापुरी जंगलमा गाईभैंसी चराउन गएको समयमा उनलाई बाघले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले बताए।
बाघको आक्रमणबाट घाइते साउँदको चिउडो र हातमा गम्भीर चोट लागेको छ। उनको दोधारा–चाँदनी नगर अस्पतालमा उपचार हुन नसकेपछि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।