काठमाडौं । इजिप्टमा आयोजना भइरहेको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इन्टरकन्टिनेन्टल’मा नेपाल भोटिङ राउण्डको टपटेनभित्र पर्न सफल भएको छ । प्रतियोगितामा नेपालको प्रतिनिधित्व डा.आयुष्नोभा ढुंगानाले गरिरहनुभएको छ । भोटिङ राउण्डमा टप हुनेले फाइनलमा सिधैं टप फाइवमा प्रवेश पाउनेछन् ।
प्रतियोगितामा ढुंगानाले लगाएको नेसनल कष्ट्युमले पनि चर्चा पाइरहेको छ । उहाँले नेसनल कष्ट्युमको रूपमा राष्ट्रिय फूल लालीगुराँसको गाउनमा शान्तिको प्रतीक परेवाको फ्युजन राखेर तयार पार्नुभएको थियो । प्रतियोगिताको फाइनल ६ डिसेम्बर अर्थात आज (शुक्रबार) हुँदैछ । प्रतियोगीतामा ५५ देशका प्रतिनिधि सहभागी छन् ।
डा.ढुंगानाले नेपालमा आयोजित ‘मिस इन्टरकन्टिनेन्टल नेपाल’कोशीर्ष उपाधि जितेपछि प्रतियोगीतामा सहभागी हुने अवसर प्राप्त गर्नुभएको थियो । ढुंगानाले कलाकारिता र चिकित्सा पेसासमेत एकसाथ अगाडि बढाइरहनुभएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।