काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था जाँच गर्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत कास्कीले लामिछानेलाई उच्च रक्तचापको समस्या रहेकोले आज स्वास्थोपचारका लागि आदेश दिएको हो।
न्यायाधीश हिमलाल बेल्वासेले लामिछानेको आज ४ दिन म्याद थप गर्ने क्रममा यस्तो आदेश दिनुभएको हो । लामिछानेसँगै पूर्व डिआइजी छविलाल जोशीको हकमा पनि सोही आदेश दिइएको छ । उनिहरुको स्वास्थ्योपचार पछी कागजात पेस गर्न भनिएको छ ।
अदालतले आज लामिछाने र जोशीसँगै लिला पछाई, रामबहादुर खना, र कृष्णबहादुर गुरुङलाई पनि एउटै कसुरमा थप चार दिन थुनामा राख्ने गरी अनुमति दिएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।