काठमाण्डौं ५ पुस, २०८१ – तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा विवाद र विभाजनमा मुख्य भुमिका खेलेर पार्टी विभाजन पछि एमाले छाडेका बामदेव गौतम माधव नेपाल संग सहकार्य गर्न तयार भएका छन् । नेकपा एमालेले गौतमलाई पार्टीमा ल्याउन चासो नदेखाएपछि उनि माधव नेपालसंग नजिक हुन पुगेका हुन ।नेकपाको सचिवालय सदस्य रहेका बामदेव एक दिन प्रचण्डको पक्षमा अर्को दिन केपि ओलीको पक्षमा लाग्दै सचिवालयलाई कमजोर वनाउने कार्यमा संलग्न हुने गरेका थिए ।
यसै बिच नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल गौतमसंग एकताको छलफल गर्न गाैतम निवास पुगेका छन् । बिहीबार साँझ अध्यक्ष नेपालसहित वरिष्ठ नेता प्रमेश हमाल, स्थायी कमिटी सदस्य बलराम बास्काेटा गाैतम निवास पुगेका हुन् ।
भेटमा गाैतम संयाेजक रहेकाे पार्टी नेकपा राष्ट्रिय एकता अभियानको तर्फबाट डीबी कार्कीलगायत नेताहरू थिए । पार्टी एकता प्रक्रिया अघि बढाउने विषयमा सहमति जुटेकाे एकीकृत समाजवादीका नेता बास्कोटाले जानकारी दिए ।एमालेमा रहँदा बास्कोटा गौतमका सबैभन्दा निकटका मानिन्थे । एमाले विभाजन गरेर माधव नेपाल समूह अर्को पार्टी गठनमा लागेपछि गौतमलाई छाडेर बास्कोटा माधव समूहमा पुगेका हुन् ।
“एकता प्रक्रिया अघि बढाउने कुरामा दुवै पक्षमा सहमति जुटेकाे छ । आजकाे भेट निकै सकारात्मक भएकाे छ । वामदेव पहिले नै हामी सँगै काम गरेकाे नेता हाे । उहाँलाई पार्टीमा आउने कुरामा असहज भन्ने हुँदैन । कतिपय कुरा आएपछि मिलाउन सकिन्छ,” बास्काेटाले भने ।
एकीकृत समाजवादीकाे हालैकाे बैठकले गाैतमलाई पार्टीमा भित्र्याउने निर्णय गरेकाे थियाे ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
