कोरिया , १५ पुस २०८१ । बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको चौथो अधिवेशनले सरोज केसीको अध्यक्षतामा सर्वसम्मत कार्य समिति चयन गरेको छ । पुस १४ गते आईतबार कोरियाको सौल दोङ देमुन स्थित नेपाली थाई रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको अधिबेशनले नेत्तृत्व सर्वसम्मत चयन गरेको हो ।
अधिबेशनबाट अध्यक्षमा सरोज केसी,बरिष्ठ उपाध्यक्षमा नवीन श्रेष्ठ उपाध्यक्षमा आदेश खड्का र रमेशराज खरेल महिला उपाध्यक्षमा जयन्ती घिमिर,ेमहासचिवमा बेदनाथ आचार्य,सचिवमा राजन अधिकारी र श्याम तामाङ कोषाध्यक्षमा नीर योन्जन तामाङ र जिल्ला सम्योजकहरु,दीपेन्द्र सिम्खडा, अर्जुन कुमार तामाङ र टेकराज ब्लोन चयन भएका छन् ।





