काठमाडौं । शेयर बजार आज पनि सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ६३ अङ्कले बढेर दुई हजार पाँच सय ८६ दशमलव २३ विन्दुमा पुगेको छ ।
आज बैंक, लगानी, माइक्रोफाइनान्स, अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेको छ । आज विकास बैंक समूहको शेयर सबैभन्दा धेरै झन्डै साढे दुई प्रतिशत अर्थात् एक सय २४ अङ्कले उकालो लागेको छ ।
आज न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै ६ वटा कम्पनीका शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन सपोर्ट माइक्रोफाइनान्स कम्पनीको शेयर भने पाँच प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो साढे तीन अर्बको शेयर कारोबार भएकोमा आज तीन सय १५ वटा कम्पनीका एक करोड ८६ हजार कित्ता शेयर चार अर्ब ६० करोड रुपैयाँमा कारोबार भएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।