काठमाडौं । मधेश केन्द्रित दलहरूसँग मोर्चाबन्दी गर्न जनमत पार्टीले कार्यदल गठन गरेको छ । सीके राउत नेतृत्वको जनमतको केन्द्रीय सचिवालयले दुई सदस्यीय कार्यदल गठन गरेको हो ।
केन्द्रीय उपाध्यक्ष अब्दुल खान र प्रवक्ता डा। शरतसिंह यादव रहेको समिति गठन गरिएको जनमतको केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले जानकारी दिनुभयो । मधेश केन्द्रित दलहरूसँग संवाद र सहकार्य गरिने जनमतले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनको विषय उठाएपछि मधेश केन्द्रित दल पनि एकजुट हुन लागेका हुन् । संविधान संशोधन गर्दा मधेशका माग पनि सम्बोधन गराउन दबाब दिन मधेश केन्द्रित दलहरूको मोर्चाबन्दी गर्ने तयारी शुरू गरिएको जनमतले जनाएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।