चौतारा, १ माघ । सिन्धुपाल्चोकमा बिच भलिबल प्रतियोगिता सुरू भएको छ ।
सिन्धुपाल्चोकको सुकुटेमा आयोजित सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता आजबाट सुरू भएको हो । सो खेल माघ ५ गतेसम्म जारी रहने छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो बिच भलिबल प्रतियोगिता उद्घाटन गरेका छन ।
नेपाल भलिबल सङ्घ, सिन्धु सुकुटे पर्यटन व्यवसायी संघ र सिन्धुपाल्चोक जिल्ला भलिबल संघको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।
बालुवामाथि खेलिने भलिबल प्रतियोगिता खेलकुद र पर्यटन दुबै हिसाबले महत्त्वपूर्ण मानिएको छ, जुन खेल अहिले सुकुटेस्थित सुनकोशी नदीको किनारामा जारी रहेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
